काठमाडौं । गत २४ घण्टाभित्र नेपालमा थप ३९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ६०६ जनाको पीसीआर र २ हजार ४२० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट ३७१ र एन्टिजेन परीक्षणबाट १९ जनामा संक्रमण पुष्टि भएको हो।
२४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी ५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४५३ पुगेको छ।
गत २४ घण्टामा ४२५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका मन्त्रालयले जानकारी दिएको छ।