ताप्लेजुङ । ताप्लेजुङमा आगोबाट बच्नलाई भागेका पुरुषको लडेर मृत्यु भएको छ ।
आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादीनका ७५ वर्षीय सुरेन्द्र तामाङको बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
तामाङको खुट्टामा आफ्नै बारीमा झ्यास डढाउने क्रममा बलेको आगोले पोलेको थियो।
आगोले खुट्टा पोलेपछि जोगिनलाई भाग्ने क्रममा बारीको डिलबाट तामाङ लडेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।