चीनले दियो नेपाली सेनालाई ३ लाख डोज खोप

न्युजलय २२ कार्तिक २०७८, सोमबार ०२:४६ मा प्रकाशित

कामाण्डौ । चीन सरकारले नेपाली सेनालाई कोरोना विरुद्धको तीन लाख डोज खोप दिएको छ । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई उक्त खोप प्रदान गरेको हो । 

चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई उक्त खोप हस्तान्तरण गरेकी हुन् । 

जनमुक्ति सेनाले खोपसँगै १० वटा भेन्टिलेटर र १०० वटा अक्सिजन कन्सन्ट्रेटर पनि उपलब्ध गराएको छ । चिनियाँ जनमुक्ति सेनाले गरेको सहयोगबाट दुई देशबीचको सेनाको सम्बन्ध थप मजबुद हुने नेपाली सेनाले विश्वास लिएको छ ।