जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

न्युजलय २७ जेठ २०८२, सोमबार ०२:०२ मा प्रकाशित

पाँचथर । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

फालेलुङ गाउँपालिका–७ पापुङदेन बस्ने ५३ वर्षीय रत्न कुमार आङवोलाई प्रहरीले पक्राउ गरेको हो ।

रत्न कुमारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।