इटहरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

न्युजलय १२ असार २०८२, बिहिबार १२:३५ मा प्रकाशित

इटहरी । सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

इटहरी –७ बज्राह डेरा गरी बस्ने खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ घर भएका ३५ वर्षीय देवान राईको करेन्ट लागेर बुधबार राति मृत्यु भएको हो ।

सोही ठाउँस्थित खेतमा बिजुलीको तार जडान गरी माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।