बिपी प्रतिष्ठान धरानमा १४३ जना स्टाफ नर्सलाई जागिरको अवसर

न्युजलय २६ फाल्गुण २०८१, सोमबार ११:५६ मा प्रकाशित

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रोजगारीको अवसर खुलेको छ । प्रतिष्ठानले करार सेवाका लागि १४३ जना स्टाफ नर्स माग गर्दै सूचना प्रकाशन गरेको छ ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाण पत्र तह उत्तीर्ण गरेकाले आवदेन दिन सकिने छ । परीक्षा दस्तुर एक हजार पाँच सय रूपैयाँ लाग्नेछ ।