बालिकामाथि ४ सय जनाले गरे बलात्कार

न्युजलय २९ कार्तिक २०७८, सोमबार ०९:१३ मा प्रकाशित

एजेन्सी । भारतको महाराष्ट्रस्थित बीड जिल्लामा एक नाबालिकामाथि ४ सयभन्दा धेरै मानिसले बलात्कार गरेको खुलेको छ । बलात्कारपछि बालिका गर्भवती भएकी छन् । 

बलात्कारको घटनामा प्रहरीसमेत संलग्न रहेको पाइएको न्यूज एजेन्सीहरूले बताएका छन् ।

करिब ६ महिनासम्म आरोपितहरूले बालिकामाथि बलात्कार गरेको बताइएको छ । 

बालिकाको आमाको निधन २ वर्षपहिले भएको र उनको पिताले उनको बालविवाह गरिदिएको समेत घटनापछि खुलेको छ । 

पीडितका अनुसार ४ सय जना मानिसले ६ महिनासम्म उनको यौन शोषण गरेका थिए ।