उदयपुर । लुकाइछिपाइ बेच्न लादै गरेको गाँजासहित एक युवकलाई उदयपुर प्रहुरीले नियन्त्रणमा लिएको छ।
बेलका नगरपालिका–१ आमबासीस्थित प्रहरी बिटले सवारी चेकजाँचका क्रममा ९ किलो गाँजासहित बेलका–३ का सुनिल श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।
रामपुरबाट सप्तरीको फत्तेपुर बजारतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प ९४७८ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा टोलीले अवैध लागूऔषध गाँजा फेला पारेको हो।
प्रहरीले बरामद गाँजा र मोटरसाइकलसहित श्रेष्ठलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको हिरासतमा राखेर कारबाही सुरु गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।