इटहरी । सुनसरीको कोशी गाउँपालिका क्षेत्रमा माछा मार्न गएका युवकको करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कोशी गाउँपालिका– ३ का ४५ वर्षीय इसराफिल मियाँको करेन्ट लागेर मृत्यु भएको हो ।
प्रारम्भिक जानकारी अनुसार करेन्ट लागेर मृत्यु भएको जस्तो देखिए पनि मृतकको पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे विस्तृत जानकारी हुने प्रहरीले जनाएको छ ।