सप्तकोशी नदीको पुलबाट हाम्फालेर एक जनाको मृत्यु

न्युजलय २५ बैशाख २०८२, बिहिबार ११:३८ मा प्रकाशित

इटहरी । उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोसी नदीमा पुलबाट हाम्फालेर एक जनाको मृत्यु भएको छ ।

बराहक्षेत्र नगरपालिका–१ का ५२ वर्षीय मकरजंग राई सप्तकोसी नदीको पुलबाट हाम्फालेर मृत्यु भएको हो ।

अस्थायी प्रहरी पोष्ट कोठुबाट तत्काल उद्दारमा खटिएको प्रहरी टोलीले राईलाई नदीबाट निकालेर उपचारको लागि धरानस्थित बीपी प्रतिष्ठान पठाएपनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।