धरान । धरान–१३ स्थित निशाने डाँडाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको चेकिङ टोलीले विशेष सूचनाका आधारमा धनकुटाको राजारानीबाट धरानतर्फ आउँदै गरेको को १ ख ६०९० नम्बरको यात्रुवाहक बस जाँच गर्दा उक्त बसको डिकीमा रहेको दुईवटा कालो रंगको झोलामा नौ केजी गाँजा फेला परेको हो।
सोधपुछका क्रममा ती झोला सोही बसमा यात्रा गरिरहेका इटहरी –७ का २४ वर्षीय सुरेश खत्वे र इटहरी–८ का २० वर्षीय तुलसी पासवानको भएको पुष्टि भएपछि नियन्त्रणमा लिइएको छ ।
उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ।
पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।