झापामा जलेर एक महिलाको मृत्यु

न्युजलय ३ भदौ २०८२, मङ्गलबार ०१:०० मा प्रकाशित

झापा । झापामा आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएकी एक महिलाको मृत्यु भएको छ ।

घरमा एक्लै भएका बेला सोमबार दिउँसो पेट्रोल छर्केर आफ्नो शरीरमा आगो लगाएकी दमक नगरपालिका–१ का मनोज साहकी श्रीमती ३० वर्षीया शोभाको आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । 

दमक अस्पतालमा सामान्य उपचारपश्चात् धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकामा त्यहाँ उपचार नहुने जानकारी पाएपछि पुनः बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा ल्याउँदा उनको मृत्यु भएको हो ।

श्रीमान्‌सँग मनमुटाव भएपछि उनले आत्मदाहको प्रयास गरेको आशङ्का प्रहरीको छ ।