करिश्मा मानन्धरले पास गरिन् प्लस टु

न्युजलय १७ मङ्सिर २०७८, शुक्रबार ०२:३८ मा प्रकाशित

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ उत्तिर्ण भएकी छन् ।

गएको भदौ–असोजमा सञ्चालन भएको परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको हो ।

अभिनेत्री मानन्धर २.४१ जिपिए ल्याएर उत्तिर्ण भएकी हुन् । उनले दुई विषयमा ए प्लस जिपिए ल्याएकी छन् ।

उनले अब स्नातक पढ्ने योजना रहेको बताइन् ।