खोटाङ । खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित १० वटा घर जलेर नष्ट भएका छन्।
सामुदायीक वनबाट बस्तीमा छिरेको डढेलोले हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको एउटा विद्यालयको भवन र ९ परिवारका १० वटा घर जलेर नष्ट भएको हो।
बाल्छीखोला पाखा सामुदायीक वनको नमेल्खाबाट चैत ३ गतेदेखि सुरु भएको डढेलो दाम्ली खोला पार गरेर ४ गते बस्तीमा छिरेको हो।डढेलोले स्थानीय वालकन्य आधारभूत विद्यालयको काठबाट बनाइएको दुई कोठे भवनको कार्यालय कोठा जलेको छ।
यस्तै, डिकुवाका कृष्णबहादुर राई, अदमे राई, हिरासेर राई, नगेन्द्र राई, पविन्द्र राई, हिराधन राई, चैनकुमार राई, टंकबहादुर राई र रणबहादुर राईको घर जलेको हो।
बाल्सीखोला पाखा सामुदायीक वनमा लागेको डढेलो बाघखोर, च्यानटार, पाँचबैटार र लाङमाका वस्तीमा छिर्दा घर जलेको बताइएको छ ।