इटहरी । इटहरीमा जेनजी पुस्ताले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ। आन्दोलन उग्र बनेपछि गोली प्रहार गरिएको जनाइएको छ ।
इटहरी उपमहानगरपालिकाको कार्यालय परिसरमा प्रवेश गरेका आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो। घटनापछि पूर्वपश्चिम राजमार्ग केहीबेर पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैबीच उपमहानगरअघिको भवन तोडफोड भएको छ।