दमकमा डुबेर एक बालकको मृत्यु

न्युजलय ३१ असार २०८२, मङ्गलबार १२:१८ मा प्रकाशित

झापा । झापाको दमकमा एक बालकको डुबेर मृत्यु भएको छ। दमक नगरपालिका–९ का ११ वर्षीय रमन धिमालको मत्यु भएको प्रहरीले जनाएको छ। 

दमक–९ स्थित टुकुरे र बेतनी खोलाको दोभानमा डुबेर सोमबार दिउँसोदेखि बेपत्ता भएका उनको शव आज बिहान फेला परेको हो। उनी पाणिनी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए। 

शवको कानुनी प्रक्रिया पूरा गरी घटनाको बारेमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।