ट्रयाक्टरको डालाबाट लडेर एक जनाको मृत्यु

न्युजलय १७ चैत २०८१, सोमबार ०१:०० मा प्रकाशित

इटहरी । सुनसरीमा ट्रयाक्टरको डालाबाट लडेर एक युवतीको मृत्यु भएको छ ।

सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुरस्थित भित्री ग्राभेल सडकखण्डमा हात्तीमुडाबाट भुटाहातर्फ जाँदै गरेको प्र १(०२(००३ त ५०९ नम्बरको ट्रयाक्टरको डालामा सवार युवतीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा हरिनगरा २ बस्ने २० वर्षीया जुलेशा खतुन रहेकी छन् । उनी ट्रयाक्टरबाट अचानक लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टर चालक भुटाहा बस्ने २३ वर्षीय मोजमिल अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।