ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्ष टेकिन्द्र सेन्दाङमाथि आक्रमण भएको छ ।
नेकपा एमाले जिल्ला कमिटीको बैठक सकेर घर फर्किँदै गर्दा शनिबार तोक्मेडाँडा क्षेत्रमा उनीमाथि आक्रमण गरिएको हो ।
आक्रमणबाट गम्भीर घाइते भएका वडाध्यक्ष सेन्दाङलाई प्रारम्भिक उपचारपछि विर्तामोडस्थित बीएण्डसी अस्पतालमा भर्ना गरिएको छ । सेन्दाङको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ ।
एमाले ताप्लेजुङका अनुसार ५–७ जनाको समूहले सेन्दाङमाथि सांघातिक आक्रमण गरेको हो ।
घटनापछि आक्रमणमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।