काठमाण्डौ । नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा ११ जना बन्दीको ज्यान गएको छ ।
सो आक्रमणमा परेर अरू कैयौँ घाइते भएका छन् । सो आक्रमणबाट २५२ जना बन्दी भागेको बताइएको छ । अधिकारीहरूले आइतवार राति जोस नामक शहरमा रहेको सो बन्दीगृहमा अज्ञात बन्दूकधारीहरूले हमला गरेका थिए ।
उक्त हमलामा परेर यहाँका ११ जनाको ज्यान गएको र अरू २५२ जना भाग्न सफल भएको बताइएको छ । नाइजेरियाको कारागार अधिकारीहरुका अनुसार सो हमला कसले ग¥यो भन्ने बारेमा केही खुल्न सकेको छैन ।
कैदीलाई भगाउने उद्देश्यले सो हमला गरेको हुन सक्ने अनुमान गरिएको छ ।