माइक्रो हाइड्रोपावरको बाँध बाढीले बगायो

न्युजलय २२ जेठ २०८२, बुधबार ०३:१६ मा प्रकाशित

खाँदबारी । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित वाङखोलामा रहेको माइक्रो हाइड्रोपावरको बाँध बाढीले बगाएको छ ।

आज भोटखोलाको गोलामा रहेको आठ किलोवाट क्षमताको उक्त साना जलविद्युत् आयोजनाको मुख्य मुहान बाढीले पूर्णरूपमा क्षति गरेको हो ।

प्रहरीका अनुसार बाँध बगाउँदा करिब रु ३३ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । 

सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न दुई दिन लाग्ने भएकाले थप विवरण संकलनमा केही समय लाग्ने प्रहरीले जनाएको छ ।