भारतको पश्चिम बंगालमा दुर्घटनामा परी १८ जनाको मृत्यु

न्युजलय १२ मङ्सिर २०७८, आइतबार १२:३७ मा प्रकाशित

काठमाण्डौ । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा भएको सडक दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ  ।

दुर्घटनामा परी ५ जना घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार पश्चिम बङ्गालको नदिया जिल्लाको हांसखाली क्षेत्रमा शव लिएर गएको मेटाडोर गाडी सडकमा रोकिराखेको ट्रकसंग्ग ठोकिएपछि दुर्घटना भएको थियो । 

तिब्रगतिमा रहेको मेटाडोर कुहिरोका कारण दुर्घटनामा परेको बताइएको छ ।