अमेरिका । अमेरिकी मेयरले कुकुर तिहार मनाएका छन् । टेक्सासको युलेस सिटीकी मेयर लिण्डा मार्टिनले कुकुरलाई टिका र माला लगाएर तिहार मनाएकी हुन् । एनिमल सर्भिस सेन्टरमा उनले पुजा गरेकी हुन् ।
नेपालीको परम्परामा सहभागि हुन पाउँदा पाउदा खुसी लागेको उनको भनाइ थियो । सेन्टरमा पालिएका कुकुरहरूलाई अन्य अमेरिकन र नेपाली समुदायका प्रतिनिधिले फुलमाला लगाईदिएका थिए ।
एनिमल सर्भिस सेन्टरले समस्यामा परेका र बेवारिसे कुकुरको व्यवस्थापन गर्दै आइरहेको छ ।