इन्भारोका अध्यक्ष भण्डारीले पत्रकार तिम्सिनासँग मागे माफि

न्युजलय २५ कार्तिक २०७८, बिहिबार ०९:०४ मा प्रकाशित

इटहरी । वेष्ट इन्भारो मेनेजमेन्ट कम्पनीका अध्यक्ष मोहन भण्डारीले इटहरीका पत्रकार प्रकाश तिम्सिनासँग माफी मागेका छन् ।

 

अनियमितताको आशंकाबारे ग्यालेक्सी फो के टिभीमा प्रशारित समाचारबारे भण्डारीले पत्रकार तिम्सिनालाई फोनमार्फत धम्क्याएका थिए ।


बिहीबार (आज) इलाका प्रहरी कार्यालय इटहरीमा पीडित पत्रकार तिम्सिना, पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौला सहितका पदाधिकारी, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष लीलाराज भट्टराई लगायतका पत्रकारहरूसहितको छलफलमा भण्डारीले माफी मागेका हुन् ।



आफूले गलत बोलेको स्वीकार गर्दै उनले माफी मागेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक गणेश भट्टराईले बताए। फोन वार्ताको सुरुमै निक्कै आक्रामक भएका भण्डारीले पत्रकार प्रकाशलाई मनपरी लेख्ने फटाहा भन्दै गाली गरेका थिए ।