झापा । झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वनमा वयस्क जङ्गली हात्ती मृत फेला परेको छ ।
अन्दाजी ५५ वर्षको मकुना हात्तीलाई स्थानीयवासीले बुधवार बिहान जङ्गलभित्र मृत अवस्थामा देखेर वन कर्मचारीलाई खबर गरेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । उक्त हात्ती धेरै पहिलेदेखि बिरामी थियो ।
बिरामी भएर चरनमा जान नसकेपछि उक्त हात्तीका लागि मेचीनगरका युवाको संस्था रेपिड रेस्पोन्स टिमले बन्दाकोभी, फुलकोभी, तरुललगायतका खाना जङ्गलमै लगेर खुवाउने गरेको थियो ।
हात्ती मरेपछि पोस्टमार्टम जाँचका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट प्राविधिक टोली घटनास्थलमा पुगेपछि खाल्डो खनेर पुरिएको छ ।