काठमाडौं । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विषयमा सरकारीपक्ष र आन्दोलनरत ‘नो केबलकार समूह’ बीच आज वार्ता भइरहेको छ ।
वार्ता गर्न सरकारले गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । आन्दोलनरत पक्षले पनि प्राज्ञ अम्बर तुम्याहाङको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।
माथिल्लो स्टेसनमा थालिएको निर्माण कार्य तत्काल रोक्नेबारे आन्दोलनरत पक्ष र सरकारबीच माघ २२ गते सहमति भएको थियो । सरकारसँगको सहमतिसँगै उक्त समूहले पूर्वका विभिन्न जिल्लामा गरेको चक्काजाम लगायतका कार्यक्रम स्थगित भएको थियो ।
आन्दोलनरत पक्षले पाथीभरामा केबलकार बन्न नहुने अडान राख्दै आएको छ ।