सप्तकोशी नदीमा ११ वर्षीय बालक बेपत्ता

न्युजलय ६ साउन २०८२, सोमबार १२:५० मा प्रकाशित

सुनसरी । बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदीमा एक बालक बेपत्ता भएका छन् । 

भोक्रहा नरसिंह गाउँपालिका–१ का रामविलास मेहताका ११ वर्षीय छोरा दीपेश आज नदीमा बेपत्ता भएको सुनसरी प्रहरीले जनाएको छ । 

तीन जना सँगै नुहाउन गएकामा दुई जना सकुशल बाहिर आएको र दीपेश बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता दिपेशको नेपाल र सशस्त्र प्रहरीले खोजी गरिरहेको बताइएको छ ।