सुनसरी । सत्तकोशीमा बेपत्ता भएका गोताखोर सुरज साउदको शव फेला परेको छ ।
उनको शव कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक भेटिएको बताइएको छ ।
कुरिनटारबाट गएको सशस्त्र प्रहरी बलको अनुभवी गोताखोर डीएसपी पुरुषोत्तम भण्डारीको टोलीले शव फेला पारेको हो ।
पूर्वअभ्यासका क्रममा २२ जेठमा साउद र अर्का गोताखोर हरिदेव राजवंशी सप्तकोशीमा बेपत्ता भएका थिए ।
राजवंशीको शव भोलिपल्ट २३ जेठमा भेटिएको थियो । साउद भने बेपत्ता थिए ।