काठमाडौँ । सुनसरीको कोशी गाउँपालिका–६ मा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
लामखुट्टे धपाउन बालेको आगोबाट घरमा आगो सल्किँदा पाँच परिवरका १० वटा घर जलेर नष्ट भएका छन्। जसमा ६० लाख बराबरको क्षति भएको बताइएको छ ।
बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतका घर जलेर नष्ट हुँदा रु ६० लाख बराबरको क्षति भएको हो।
आगलागीमा घरभित्र रहेका फर्निचरसहित सम्पूर्ण सामग्री, सुनचाँदीलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय बाबुन्दको घरबाट आगलागी भएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, कोशी गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।