होली खेल्ने विषयमा विवाद हँदा छुरा प्रहार, एक युवकको मृत्यु

न्युजलय २ चैत २०८१, आइतबार १२:१२ मा प्रकाशित

धनुषा । होली खेल्ने विषयमा विवाद हुँदा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धिमा होली खेल्ने विषयमा विवाद हुँदा सोही स्थानका धर्मेन्द्र महतोले चक्कु प्रहार गर्दा १८ वर्षीय आँशु यादवको मृत्यु भएको हो ।

अभियुक्त महतोले यादवको छाती, पेट र डाढमा चक्कु प्रहार गरेका थिए । गम्भीर घाइते यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा शनिबार राति मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । 

आक्रमणमा प्रयोग गरिएको चक्कुसहित अभियुक्त महतोलाई हिरासतमा राखेर कारबाही अगाडि बढाइएको छ ।