मोरङको सुनवर्षीमा दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

न्युजलय २४ जेठ २०८२, शुक्रबार १२:४० मा प्रकाशित

मोरङ । मोरङको सुनवर्षी नगरपालिका–९ मा भएको सवारी दुर्घटनामा परी एक भारतीय युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार झपडतलबाट डाइनियाँतर्फ जाँदै गरेको मे ७ प १०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउमा रोकेर राखिएको को १ त ११०५ नम्बरको ट्याक्टरमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक भारत बिहार राज्यका अन्दाजी २० वर्षीय नवीनकुमार पोदार गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि रंगेली अस्पताल लगिएको थिय ।, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार भारतकै अररिया जिल्लाका १९ वर्षीय पप्पुकुमार बहरदार घाइते भएका छन्। उनको रंगेली अस्पतालमै उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ।