दुहबीमा निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र दुईजना मृत फेला

न्युजलय २९ साउन २०८२, बुधबार १२:५३ मा प्रकाशित

इटहरी । सुनसरीको दुहबी नगरपालिका–४ शिव मन्दिर चोकस्थित निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र दुईजना मृत फेला परेका छन्।

अनुसार सोही नगरपालिकाका –२ बस्ने ५० वर्षीय श्याम बहादुर तामाङ र ३२ वर्षीय रमेश राई सेप्टिकट्यांकीभित्र मृत भेटिएका मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी योगराज खतिवडाले बताएका छन् ।

तामाङ उक्त घर निर्माणका पेटी ठेकेदार र राई कामदार भएको प्रहरीले जनाएको छ।

बुधबार बिहान करिबचन्द्रिका रौनियारको बन्दै गरेको नयाँ घरको सेप्टिक ट्यांकीभित्र उनीहरू मृत भेटिएको खबर प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको थियो। 

घटनाबारे थप अनुसन्धान गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फरेन्सिक डाक्टर बोलाइएको छ। त्यसपछि मात्रै कारण खुल्ने बताइएको छ । 

घटनाका विषयमा प्रारम्भिक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।