इटहरी उपमहानगरपालिकाले दियो तीन दिन सार्वजनिक विदा, संयमित हुन आग्रह

न्युजलय २४ भदौ २०८२, मङ्गलबार १२:१७ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाले तीन दिन सार्वजनिक विदा दिएको छ । नगरको विषम परिस्थितीका कारण भदौ २४ देखि २६ गतेसम्मका लागि विदा दिएको नगरप्रमुख हेमकर्ण पौडेलले जनाएका छन् ।


जेन–जी आन्दोलनको क्रममा इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको थियो भने अन्य केही घाइते भएका थिए । उनले घाइतेको निशुल्क उपचार गर्न पनि माग गरेका छन् । 


यस्तै आन्दोलन शान्तिपूर्ण रूपमा समाधान गर्न सरकारसँग आग्रह गरेका छन् भने आन्दोलनकारीलाई पनि संयमित हुन आग्रह गरेका छन् । 


उनले शान्तीपूर्ण आन्दोलन अचानक सुरक्षाकर्मीमाथि ढुृंगामुढा गरी अराजक र उत्तेजित भएको बताउँदै उपमहानगरपालिका कार्यालयमा भएको तोडफोडमा संलग्नहरुलाई पहिचान गरी कारवाही गर्न माग गरेका छन् । स्थितीलाई थप बिग्रन नदिन सबै पक्षसँग अनुरोध गरेका छन् ।