सुनसरी । सुनसरीको दुहबी नगरपालिका–७ भलुवास्थित सीमा नाकाबाट ४ लाख २० हजार भन्दा बढी रुपैयाँ बराबरको चिनी प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैध रूपमा नेपाल आउँदै गरेको ५२७९ नम्बरको ट्याक्टरबाट ४ लाख २० हजार ४ सय २० रुपैयाँ बराबरको चिनी नियन्त्रणमा लिइएको हो ।
सीमा क्षेत्रबाट १ सय ३२ बोरा चिनीसहितको ट्याक्टर सशस्त्र प्रहरी बल नेपाल नंं.४ गण सुनसरीले नियन्त्रणमा लिएको जनाएको छ । ट्याक्टरको चालक भने फरार रहेका छन् ।
बरामद चिनी तथा ट्याक्टर आवश्यक कारबाहीको लागि भन्सार कार्यालय कोशी ब्यारेज सुनसरीमा बुझाइएको छ ।