अहिलेसम्म गरेका गल्तिका लागि माफी माग्छुः गगन थापा

न्युजलय २६ भदौ २०८२, बिहिबार १२:१३ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेसम्म गरेका गल्तीका लागि माफी माग्दै सुध्रिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिहीबार भिडिओ सन्देशमा थापाले स्थितिलाई सम्हाल्नुपर्ने भन्दै आफुले गरेका प्रयासमा सफल हुन नसकेको भन्दै माफी मागेका हुन् । उनले जेनजी युवाहरुलाई संविधानको निरन्तरताका बारेमा ख्याल राख्न आग्रह गर्दै संबिधान भन्दा बाहिर गएर समाधान नखोज्न आग्रह गरेका हुन् ।

थापाले सामाजिक सञ्जाल बन्द हुना साथ आफुले पार्टीमा, सरकारलाई यसो नगर्न र तुरुन्त सामाजिक सञ्जाल खोल्न आग्रह गरेपनि आफ्नो कुरा कसैले नमानेको बताएका छन् ।