झापा । झापामा बिहीबार बिहान जंगली हात्तीको आक्रमणमा परी एक पुरुषको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका–७ फक्तालुङ्गका ५९ वर्षीय लोकप्रसाद लिम्बूको घटनास्थलमै ज्यान गएको हो।
झापा प्रहरी कार्यालयका अनुसार लिम्बू बिहान शौचालय जान घरको आँगनमा निस्किएका थिए। सोही क्रममा जंगली हात्तीको आक्रमणमा परेका उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय र वन कार्यालयका टोलीले घटनास्थलमा पुगेर थप अनुसन्धान अगाडि बढाएका छन्।