सप्तरी । सप्तरीको सप्तकोशी नगरपलिका–१ फत्तेपुरस्थित एउटा घरमा आज बिहान बाघ छिरेको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट बाघ आएको हुनसक्ने स्थानीयले बताएका छन् । प्रहरीका अनुसार बाघको आक्रमणबाट तीनजना घाइते भएका छन् ।
बाघ नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी महेन्द्र नेपालको नेतृत्वमा टोली खटेको बताइएको छ ।