धरानमा पहिरोले एक घरमा क्षति, १२ घर जोखिममा

न्युजलय २४ साउन २०८२, शुक्रबार ०४:४६ मा प्रकाशित

धरान । तीन दिनदेखिको अविरल वर्षासँगै आएको पहिरोले धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षति पुर्‍याएको छ भने १२ घरभन्दा बढी उच्च जोखिममा परेका छन् ।

गएराति खसेको पहिरोले धरान–३ का स्थानीय छजुङ भोटेको घरको माथिल्लो भागमा क्षति पुर्‍याएको छ ।

घटनापछि तत्कालै घटनास्थल पुगेका धरान उपमहानगरपालिका–३ का वडासदस्य मिङ्मा भोटेले वडाको विपद् व्यवस्थापन बजेट र नगरपालिकाको सहकार्यमा पर्खाल निर्माणलगायतका काम गरिने बताएका छन् ।

उनका अनुसार सो क्षेत्रका १२ भन्दा बढी घर उच्च जोखिममा छन् । वडा कार्यालयले हाल क्षतिको विवरण सङ्कलन गरिरहेको छ ।