चिकित्सकहरूले बेलायतकी ९५ वर्षीय महारानीलाई कम्तीमा पनि दुई साता आराम गर्न चिकित्सकले सल्लाह दिएको भन्ने सञ्चारमाध्यममा समाचार आएपछि प्रधानमन्त्री बोरिस जोनसनले शनिबार ‘महारानीको स्वास्थ्य अवस्था एकदमै राम्रो’ भएको बताएका छन् ।
“मैले महामहिमसँग कुरा गरें र उहाँ एकदमै राम्रो अवस्थामा हुनुहुन्छ,” प्रधानमन्त्री जोन्सनले रोमस्थित बेलायती टेलीभिजन च्यानल ४ सँग सप्ताहन्तमा जी–२० शिखर सम्मेलनका क्रममा भने ।
बकिङहम प्यालेसले शुक्रबार भनेको छ, “हालै ‘प्रारम्भिक स्वास्थ्य परीक्षण’ का लागि अस्पतालमा एक रात बिताएकी महारानीले कम्तीमा पनि अर्को दुई हप्तासम्म निको हुन चिकित्सा सल्लाह पालन गरिरहनुभएको छ ।”
उनले ग्लासगोमा भएको संयुक्त राष्ट्र जलवायु सम्मेलन (कोप–२६) मा आफ्नो उपस्थितिलाई रद्द गरेका छन् । यो कदम वातावरणीय विषयहरूमा उनको व्यक्तिगत प्रतिबद्धतालाई ध्यानमा राख्दै अझ बढी महत्वपूर्ण मानिएका समय स्वास्थ्यका कारण उनको उपस्थिति रद्द भएको छ ।