इलाम । झगडाका क्रममा धारिलो हतियार प्रहार हुँदा इलाममा एक युवकको मृत्यु भएको छ।
बुधबार राति सूर्योदय नगरपालिका–१ भालुखोपमा दुई युवाबीच झगडा भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
स्थानीय काजी तामाङको घरमा माइजोगमाई –२ तारसिंह गाउँका २१ वर्षे प्रकाश चापागाईंको हत्या भएको प्रहरीले जानकारी दिएको छ।
सूर्योदय नगरपालिका –१, शिरिसेका ३३ वर्षीय किरण शेर्पासँग झगडा भएपछि शेर्पाले चापागाईंमाथि धारिलो हतियार प्रहार गरेका थिए।
प्रहरीका अनुसार प्रकाश दाजु निरोज चापागाइँको ससुराली गएका थिए।
मृतकका दाजु ३२ वर्षे निरोज र अभियुक्त शेर्पा पनि घाइते छन्। निरोजको पेटमा गहिरो चोट लागेको छ।