भारतबाट भागेर आएका दिदीबहिनी मृत फेला

न्युजलय ९ साउन २०८२, बिहिबार १२:२६ मा प्रकाशित

काठमाडौं । भक्तपुरमा दिदीबहिनी मृत भेटिएका छन् ।  मृत भेटिएका दिदीबहिनी भारतबाट भागेर आएको खुलेको छ ।

बिहीबार बिहान मध्यपुर थिमि नगरपालिका–८ मा दिदीबहिनी मृत फेला परेका थिए। दुई तले घरको भुइँ तलामा डेरा गरी बस्दै आएका दिदीबहिनी मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

१७ वर्षीया मेनुका कँडेल र उनकी १५ वर्षीया बहिनी सिर्जना कँडेल मृत भेटिएका हुन्। दुवै जना एकै डोरीमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।

प्रहरीले अहिले घटनास्थलको प्रारम्भिक मुचुल्का गरी थप अनुसन्धान अघि बढाइसकेको छ।

उनका आमा–बाबु भारतको मुम्बईमा छन्। प्रहरीले घटनास्थलबाट उनीहरूको मोबाइल बरामद गरेको छ। मोबाइलमा अन्दाजी गए राति २ बजेतिर टिकटक भिडिओ बनाएको पनि भेटिएको छ।

उनीहरूले टिकटकमा डोरीसमेत देखाएको प्रहरीले जनाएको छ। घटनास्थलबाट कुनै सुसाइड नोट फेला परेको छैन। प्रहरीले उनीहरूको शव पोष्टमर्टमको लागि अस्पतालमा पठाएको छ। घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।