इटहरी । सुनसरीको दुहबी नगरपालिका–३ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बिहीबार राति को ३९ प ९१७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँ बस्ने ३७ वर्षीय सुधाकरण माझीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।