काठमाडौं । यमनको दक्षिणी बंदरगाह सहरस्थित अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेश द्वार नजिकै शनिबार भएको बम विस्फोटमा कम्तीमा ६ जनाको मृत्यु भएको छ। उक्त बम हमलामा २० जना घाइते भएका छन्।
शक्तिशाली बम विस्फोट भएको थियो। बम विस्फोटको आवाज पुरै सहरमा सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। बम विस्फोटबाट नजिकै रहेका सर्वसाधारणका घरका झ्याल ढोकामा समेत क्षति पुगेको छ।
अहिले कसैले घटनाको जिम्मा लिएको छैन। र, आक्रमण हो वा होइन भन्ने बारेमा पनि अझै प्रस्ट भइसकेको छैन।
विमानस्थलका एक अधिकारीका अनुसार सानो ट्रक विमानस्थल बाहिरको गेट निर उडेको थियो। एक स्थानीय अधिकारी र दुई सुरक्षा अधिकारीले उक्त गाडी पेट्रोलियम पदार्थ लिएर गइरहेको थियो।