हर्क भन्छन्ः म देशलाई दिन मात्रै जानेको लिन केही नचाहेको व्यक्ति हुँ

न्युजलय २६ भदौ २०८२, बिहिबार ०२:४४ मा प्रकाशित

धरान । धरानका मेयर हर्क साम्पाङले आफू देशलाई दिन मात्रै जानेको लिन केही नजानेको व्यक्ति भएको बताएका छन्। 

सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन्। उनले आफ्नो निष्ठा र देशभक्तिलाई युवाहरूले बुझ्नु पर्ने बताएका छन्। उनले यो देश विदेशी हस्तक्षेपबिनै बनाउने भए आफ्नो विकल्प कोही पनि नभएको जिकिर गरे। 

हर्क आफूलाई भावी प्रधानमन्त्रीको रूपमा जेनजीले अघि सारेको बताउँदै धरानबाट हिजो काठमाठौं आएका छन्।