मिक्लाजुङमा ट्रयाक्टर दुर्घटना, एक जनाको मृत्यु

न्युजलय ८ बैशाख २०८२, सोमबार १२:४८ मा प्रकाशित

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–९ मा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो मधुमल्लाबाट उर्लाबारीतर्फ आउँदै गरेको मे २ त ८३५६ नम्बरको खाली ट्रयाक्टर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा मोरङको उर्लाबारी नगरपालिका–४ का अन्दाजी २० वर्षीय निशान भनिने लाजेहाङ लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टरले किचेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाइएको थियो । उनको अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।

दुर्घटनामा ट्रयाक्टर चालक उर्लाबारी–५ का २९ वर्षीय दिलबहादुर धिमाल, १८ वर्षीय निर्जल बिक, २० वर्षीय सुरज बर्देवा र १६ वर्षीय अमिर सुनुवार घाइते भएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।