सुनसरीमा करेन्ट लागेर बालिकाको मृत्यु

न्युजलय १२ चैत २०८१, बुधबार १२:४८ मा प्रकाशित

इटहरी । सुनसरीमा करेन्ट लागेर तीन वर्षीया बालिकाको मृत्यु भएको छ ।

भोक्राहा–नरसिंह गाउँपालिका–६ साहु टोलकी चन्दा साहको करेन्ट लागेर मंगलबार मृत्यु भएको हो। स्थानीय सुदीप साहकी छोरी चन्दाको सिटी सफारीबाट करेन्ट लागेको थियो ।

चार्जमा राखिएको सिटी सफारीबाट करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकाको जिल्ला अस्पताल सुनसरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।