धनकुटामा गाडिएको अवस्थामा युवकको शव फेला

न्युजलय २ असार २०८२, सोमबार ११:३७ मा प्रकाशित

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–७ धरधरेस्थित जितपुर–लेगुवा सडक खण्ड छेउमा गाडिएको अवस्थामा युवकको शव फेला परेको छ।

मृतक महालक्ष्मी नगरपालिका–१ कटहरे का २५ वर्षीय दिपेश कटवाल रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जानकारी दिएको छ । निर्माणाधीन सडक छेउमा आइतबार ग्राभेल सम्याउने क्रममा स्थानीयले मानिसको गोडा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जेठ ३० गते घरबाट निस्किएका उनी त्यसपछि सम्पर्कविहीन थिए। शव शंकास्पद देखिएको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।