इलाममा विषालु च्याउ खाएका तीन जनाको मृत्यु

न्युजलय १२ जेठ २०८२, आइतबार ०४:०४ मा प्रकाशित

इलाम । विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङको एकै वडाका तीन जनाको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो ।

बिर्तामोडस्थित बिएनसी अस्पतालका अनुसार छ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू बिरामी परेका थिए ।

मनिषा र नुमाको विराट नर्सिङ अस्पताल विराटनगर र यसअघि नै मृत्यु भएको थियो । लावतीको आज बिएनसी अस्पतालमा मृत्यु भएको हो ।