खुम्बु क्षेत्रको हिमाल आरोहणका क्रममा बेपत्ता तीन फ्रान्सेली नागरिकको शव भेटियो

न्युजलय २२ कार्तिक २०७८, सोमबार ०४:५६ मा प्रकाशित

 सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रको हिमाल आरोहणका क्रममा बेपत्ता भएका तीन जना फ्रान्सेली नागरिकको शव भेटिएको छ । 

नेशनल नेपाल माउन्टेन गाइडको टोलीले माउन्ट खाङतेका हिमालमै हिउँको खोचमा थोमस, गाब्रियल र लुइस नाम गरेका फ्रान्सेली नागरिकको शव फेला पारेको सोलुखुम्बु प्रहरीले जनाएको छ । 

नेशनल नेपाल माउन्टेन गाइडको टोलीले ती फ्रान्सेली नागरिकको शव फेला पारे पनि उद्धार भने आजदेखि खटिएका तालिम प्राप्त फ्रान्सेली नागरिकको टोलीले गरेको हो । 

शवलाई अहिले लुक्लामा राखिएको छ । माउन्ट खाङतेका हिमाल आरोहणका लागि गएका तीन जना फ्रान्सेली नागरिक गएको कात्तिक ९ गतेदेखि बेपत्ता भएका थिए ।