अमेरिका बस्ने वडाअध्यक्ष कटवाल माओवादीबाट निष्कासित

न्युजलय २५ फाल्गुण २०८१, आइतबार ११:३४ मा प्रकाशित

धरान  खोटाङको साकेला  गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाललाई नेकपा माओवादी (केन्द्र )ले पार्टीबाट निष्कासन गरेको छ । 

पार्टी र कार्यालयलाई जानकारी नगराइ अमेरिका गएर एक वर्षदेखि नफर्किएका उनलाई माओवादीको कोशी प्रदेश समितिले अनिश्चित कालका लागि पार्टी सदस्यताबाट निलम्बन गर्दै निष्कासन गरेको हो । 

कट्वाल २०७९ को स्थानीय तह निर्वाचनमा माओवादीको तर्फबाट साकेला ४ को वडाअध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्ष भएपछि पालिका र पार्टीलाईसमेत जानकारी नदिइ अमेरिका गएपछि उनी फर्किएका छैनन् ।