काठमाडौं । गायिका प्रविशा अधिकारीले विवाह गर्ने भएकी छन् ।
प्रविशाले झापा चारपानेका निर्माण सिटौलासँग लगानगाँठो कस्न लागेकी हुन् । प्रविशा र निर्माणको विवाह आगामी मंसिर ५ गते झापामै हुने भएको छ । निर्माणसँग प्रविशाले मागी विवाह गर्न लागेकी हुन् । पेसाले इन्जिनियर रहेका निर्माण अमेरिका निवासी हुन् ।
दुवै परिवारको सहमतीमा निर्माणसँग आफूले विवाह गर्न लागेको प्रविशाले बताइन् । प्रविशा पछिल्लो समयकी चर्चित गायिका हुन् । चलचित्र र आधुनिक गरेर उनले थुप्रै गीतमा स्वर दिएकी छन् ।
हाल प्रविशा रियालिटी शो ‘द भ्वाइस किड्स’ मा जर्जको रुपमा रहेकी छन् ।